केपी ओली प्रचण्ड माधव नेपाल एमाले


११ लाख राजस्व संकलन

सहयात्रा टिभी

काठमाडौं । माघ १४, रुकुम पश्चिमको जिल्ला ट्राफिक प्रहरी कार्यालयले ११ लाख भन्दा बढी राजस्व संकलन गरेको छ ।

चालू आर्थिक वर्ष सुरु भएसँगै गएको साउनदेखि पुस महिनासम्म ११ लाख ९ हजार रुपैयाँ राजस्व संकलन गरेको हो ।

ट्राफिक प्रहरी कार्यालयका प्रमुख गंगाराम बिकका अनुसार ६ महिनाको अवधिमा ११ सय २० सवारीसाधन कारवाहीबाट राजस्व संकलन गरिएको छ । जसमध्ये सबैभन्दा बढी राजस्व संकलन मोटरसाइकलबाट भएको छ ।

यस अवधिमा ६ सय ११ वटा मात्रै मोटरसाइकल कारवाहीमा परेको प्रमुख बिकले बताए । जिल्लाका विभिन्न चेकपोष्ट तथा मुख्य नाकामा ट्राफिक नियम उल्लंघन गरेर चल्ने सवारीसाधनलाई जरिवाना गरिएको ट्राफिक प्रहरीको भनाइ छ ।

त्यस्तै ६ महिनाको अवधिमा जिल्लामा १३ वटा सवारीसाधन दुर्घटनामा परेर पाँच जनाको मृत्यु भएको छ । ५७ जना घाइते भएका छन् ।

प्रकाशित : 28 January, 2022

प्रतिक्रिया दिनुहोस्