केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुनचाँदीको मूल्य घट्यो

सहयात्रा टिभी

काठमाडौं । माघ १४, आजको नेपाली बजारमा सुनको मूल्य अधिकतम ९०० रुपैयाँले र चाँदीको मूल्य २५ रुपैयाँले घटेको हो ।

घटेको मूल्य अनुसार आज छापावाला सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँ र चाँदी एक हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँ र चाँदी एक हजार २९० रुपैयाँमा कारोबार भएको थियो । यस्तै यता तेजाबी सुनको मूल्य समेत आज अघिल्लो दिनको तुलनामा तोलामा ९०० रुपैयाँले नै घट्दै ९२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित : 28 January, 2022

प्रतिक्रिया दिनुहोस्