केपी ओली प्रचण्ड माधव नेपाल एमाले


तरकारी खेतीमै व्यावसायिक बन्दै किसान

सहयात्रा टिभी

काठमाडौं । माघ १४, तेह्रथुम जिल्लामा ३ हजार २९ हेक्टरमा तरकारी उत्पादन हुँदै आएको छ ।

अन्नबाली भन्दा राम्रो आम्दानी हुने भएपछि जिल्लाका कृषकले तरकारी खेती विस्तार गर्दै आएका छन् । चालु आर्थिक वर्ष २०७७/०७८ मा ६२ हजार ३ सय मेट्रिकटन तरकारी उत्पादन भएको छ ।

जिल्लाका ६ वटै स्थानीय तहमा उत्पादन हुँदै आएको तरकारी गत आर्थिक वर्षको तुलनामा भने ४ प्रतिशतले कमी आएको हो । आर्थिक वर्ष २०७६(०७७ मा ६४ हजार ३ सय १७ मेट्रिकटन तरकारी उत्पादन भएको थियो ।

गत बैशाखमा आएको असिनाका कारण यस वर्ष तरकारी उत्पादनमा गिरावट आएको कृषि ज्ञानकेन्द्र धनकुटाले जनाएको छ ।
असिनाले बिक्री हुन लागेको बन्दा र आलुमा क्षति गर्दा तरकारी उत्पादनमा कमी आएको होे ।

जिल्लाको छथर गाउँपालिकामा अकबरे र तरकारी ब्लग २ वटा, लालिगुराँस नगरपालिकामा तरकारी ब्लग १ वटा, म्याङलुङ नगरपालिकामा आलु बाली ब्लग १, मेन्छ्यायेम गाउँपालिकामा तरकारी ब्लग १ वटा गरी ५ वटा तरकारी ब्लगहरु सञ्चालनमा रहेको ज्ञान केन्द्रका प्रविधिक सहायक बिशाल राईले जानकारी दिए ।

जिल्लाबाट बन्दा, काउली, अकबरे, स्कुस र गोलभेँडा बढी निर्यात हुने गरेको छ । जिल्लाका ६ स्थानीय तहमध्ये छथर गाउँपालिका, लालिगुराँस नगरपालिका, मेन्छ्यायेम गाउँपालिका र आठराई गाउँपालिकामा उत्पादन भएको तकारी मात्रै निर्यात हुँदै आएको छ ।

प्रकाशित : 28 January, 2022

प्रतिक्रिया दिनुहोस्