जोरबजोर प्रणालीलाई थप व्यवस्थित बनाइने

सहयात्रा टिभी

काठमाडौं । माघ १४, कोरोना संक्रमण नियन्त्रणबारे छलफलका लागि शुक्रवार काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बस्दैछ ।

बैठकमा संक्रमण बढ्दै गएकाले यसको समग्र विषयमा छलफल हुन लागेको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् । उनका अनुसार बैठकको समय भने तय भइसकेको छैन ।

बैठकमा जोरबिजोर प्रणालीलाई थप व्यवस्थित गर्ने विषयमा छलफल हुने बताइएको छ । काठमाडौं उपत्यकामा माघ ७ गतेदेखि सार्वजनिक तथा निजी सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ ।

 

प्रकाशित : 28 January, 2022

प्रतिक्रिया दिनुहोस्