ल्होसार र न्वागीमा बागमती प्रदेशमा सार्वजनिक बिदा

काठमाडौं । माघ १८, बागमती प्रदेश सरकारले सोनाम ल्होसार र न्वागी पर्वमा सार्वजनिक बिदा दिने भएको छ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले प्रदेशमा सोनाम ल्होसार र न्वागी पर्वमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
प्रदेश सरकारको प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले माघ १९ गते तामाङ समुदायको मुख्य पर्व सोनाम ल्होसारमा प्रदेशभरि र चेपाङ समुदायको मुख्य पर्व न्वागीमा मकवानपुर, चितवन र धादिङमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए।
मन्त्री खनालका अनुसार सरकारले यी दुई पर्वमा हरेक वर्ष बिदा दिने निर्णय गरेको हो।