सोनाम ल्होछारले रीति, परम्परा र संस्कृतिको संरक्षण गर्न प्रेरणा प्रदान गर्छःओली

सहयात्रा टिभी

काठमाडौं । माघ १९, नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली तामाङ समुदायको रीति, परम्परा र संस्कृतिको संरक्षण गर्न सोनाम ल्होछारले थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।

सोनाम ल्होछार लाङरम्हे ल्हो अर्थात् नयाँ वर्षको शुभ अवसरमा शुभकामना दिँदै उनले नेपालका बहुसांस्कृतिक विशेषताहरु मौलिक पूँजीको रुपमा रहेको उल्लेख गरेका छन्।

ओलीले एकता र सहिष्णुताको विशेषतालाई हामीले समृद्ध देश निर्माणमा सदुपयोग गर्नुपर्ने बताएका छन्। ‘हाम्रो सुन्दर देश नेपालका बहुसांस्कृतिक विशेषताहरु हाम्रो मौलिक पूँजीको रुपमा रहेका छन्।

एकता र सहिष्णुताको यस विशेषतालाई हामीले समृद्ध देश निर्माणमा सदुपयोग गर्नु पर्दछ। ’, शुभकामना सन्देशमा भनिएको छ, ‘विभिन्न संस्कृतिमा आधारित यस्ता पर्वहरु हाम्रो राष्ट्रिय एकता, पारस्परिक सामाजिक सद्भाव र सहिष्णुताका मौलिक आधारहरु हुन्।’

ओलीले संविधानले विविध भाषा तथा संस्कृति सम्बन्धि विषयलाई मौलिक हकको रुपमा सुनिश्चित गरेको उल्लेख गरेका छन्। विभिन्न समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै नेपालमा विभिन्न भाषा, लिपि, धर्म, संस्कृति, सभ्यता र सांस्कृतिक सम्पदाको संरक्षण हुँदै आएको शुभकामना सन्देशमा उल्लेख छ।

 

प्रकाशित : 2 February, 2022

प्रतिक्रिया दिनुहोस्