भारतमा कोरोना संक्रमणबाट एकैदिन १ हजार ७३३ जनाको मृत्यु,

काठमाडौं । माघ १९, भारतमा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा थप एक लाख ६१ हजार ३८६ जना संक्रमित भएका छन् ।
सरकारी अधिकारीहरुले बुधवार दिएको जानकारीअनुसार सोही अवधिमा कोरोनाकै कारण अरु एक हजार ७३३ जनाको मृत्यु भएको छ ।
जवकी अघिल्लो दिन नयाँ संक्रमितहरुको संख्या एक लाख ६७ हजार ५९ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । संघीय स्वास्थ्य मन्त्रालयले पछिल्ला केही दिनदेखि दैनिक संक्रमित र मृतकहरुको संख्या निरन्तर घट्दै गइरहेको जानकारी दिएको छ ।
भारतमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमितहरुको संख्या चार करोड १६ लाख ३० हजार ८८५ पुगेको छ । त्यसैगरी अहिलेसम्म कुल मृतकको संख्या चार लाख ९७ हजार ९७५ पुगेको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।