टेलिकमले मनायो १८औं वार्षिकोत्सव

काठमाडौं । माघ २३, नेपाल टेलिकमले आफ्नो स्थापनाको १८औं वार्षिकोत्सव मनाएको छ ।
कम्पनीको केन्द्रीय कार्यालयमा शनिबार विशेष समारोहको आयोजना गरेर कम्पनीले वार्षिकोत्सव मनाएको हो ।
वार्षिकोत्सव कार्यक्रमलाई सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सम्बोधन गरेका थिए ।
मन्त्री कार्कीले राष्ट्रिय गौरवको एलटीई प्रविधिको फोरजी आयोजना र मध्यपहाडी राजमार्गमा अप्टिकल फाइबर बिछ्याई सूचना महामार्ग निर्माण गर्न राज्यले सुम्पिएको अभिभारा निर्धारित समयमा नै सम्पन्न गर्न निर्देशन दिएका थिए ।