भोलि निर्वाचन मितिको घोषणा होला त ?

काठमाडौं । माघ २३, सरकारले भोलि सोमबार निर्वाचन मिति घोषणाको तयारी गरेको छ ।
सरकारले सोमबार बस्ने मन्त्रिपिरषद् बैठकबाट स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको हो । सम्भवतः सोमबार बस्ने बैठकले निर्वाचनको मितिबारे निर्णय गर्ने एक मन्त्रीले अन्नपूर्णलाई बताए ।
उनले भने, अब बस्ने मन्त्रिपरिषद् बैठकले निर्वाचन मिति तोक्छ । सम्भवतः भोलि बस्ने बैठकले जेठ ४ गते चुनाव गर्नेबारे निर्णय गर्छ। ’ यसअघि आयोगले जेठ ४ मा स्थानीय तहको चुनाव गर्न सकिने प्रस्ताव सरकारसमक्ष सिफारिस गरेको थियो। आयोगले ७ सय ५३ वटै स्थानीय तहको चुनाव एकै चरणमा गर्न प्रस्ताव गरेको थियो।