केपी ओली प्रचण्ड माधव नेपाल एमाले


तरकारी खेतीबाट मनग्य कमाइ

सहयात्रा टिभी

काठमाडौं । माघ २४, तरकारी खेतीबाट मनग्य आम्दानी हुने भएपछि उनले विदेश जाने सपना त्यागे ।

सुनकोसी गाउँपालिका–३ कालिका गाउँका पदमबहादुर खड्काले अहिले तरकारी खेतीबाटै वार्षिक ७ लाख रुपैयाँसम्म आम्दानी गरिरहेका छन् । तरकारीको बीउ उमार्नेदेखि उत्पादनसम्म गर्ने उनी गाउँकै कमाइले सन्तुष्ट छन् ।

माटोसँग खेल्न लजाउनु हुन्न । मिहिनेत गरे यहीं सफलता पाउन सकिन्छ । मलाई युरोप, अमेरिका यहीं बनेको छ,’ उनले भने । करेसाबारीमा लगाएका गोलभेडा, काउली, मूला, गाजर, सागदेखि केरा, सुन्तला, च्याउ खेतीबाट बर्सेनि उक्त आम्दानी हुने गरेको उनले बताए । खड्का कालिका गाउँकै सफल किसान हुन् । उनकै प्रेरणा लिई गाउँका धेरै युवा विदेशिन छोडेर अधिकांश तरकारी खेतीमा लागेका छन् ।

चौतारा साँगाचोकगढी नगर कार्कीटारका अगुवा किसान बलबहादुर महत पनि तरकारी खेतीबाट वार्षिक ५ लाख रुपैयाँ आम्दानी भइरहेको बताउँछन् ।

बाह्रै महिना खेती किसानीमा जुट्ने उनी आफ्नै भूमिमा परिश्रम गरे लाखौं कमाउन सकिने सुनाउँछन् । ‘स्वदेशमा नै परिश्रम गरेर लाखौं कमाउन सकिन्छ,’ उनले भने, ‘७ रोपनी जग्गामा मूला, साग, गोलभेडा, काउलीलगायत तरकारी रोप्दै आएको छु । यसैबाट आफूलाई पुग्दो आम्दानी भइरहेको छ ।’

यही गाउँबाट मात्रै वर्षमा ३ करोड रुपैयाँ बराबरको तरकारी बिक्री हुने गरेको छ । खेतबारीमा बगाएको पसिनाले पर्याप्त कमाइ हुने भएपछि अधिकांश कार्कीटारवासी तरकारी खेतीमा लागेका बताए ।

प्रकाशित : 7 February, 2022


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्