केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुनको मूल्य बढ्यो

सहयात्रा टिभी

काठमाडौं । माघ २४, आजको नेपाली बजारमा सुनको मूल्य बढेको छ।

सोमबार छापावाल सुनको मूल्य तोलाको १०० रुपैयाँले बढेर ९२ हजार ६०० रुपैयाँ पुगेको हो। आइतबार सुन ९२ हजार ५०० रुपैयाँ तोलामा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार सोमबार तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार १०० रुपैयाँ कायम भएको छ । आइतबार प्रतितोला ९२ रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य आइतबार भन्दा ५ रुपैयाँले बढेको छ। सोमबार चाँदी १ हजार २५५ रुपैँयामा कारोबार भईरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

 

प्रकाशित : 7 February, 2022

प्रतिक्रिया दिनुहोस्