विद्युतीय तारको गन्जागोल अवस्था

काठमाडौं । माघ २५, आजभन्दा करिब दुई वर्ष अगाडि पनि मैले कारोबार राष्ट्रिय आर्थिक दैनिकमा प्रकाशित गरेको थिएँ— काठमाडौं उपत्यकामा गन्जागोल विद्युतीय तारबारे हो।
त्यसको आज ठीक दुई वर्ष भइसकेको छ गन्जागोल विद्युतीय तारहरू सडकका खम्बाहरूमा अझै छन् ।
नेपाल विद्युत् प्राधिकरणले विद्युतीय तारहरूलाई सडकका खम्बाहरूबाट भन्दा पनि भूमिगत रूपमा तार बिछ्याउने कार्यलाई तीव्रता दिएसँगै राजधानीका नक्साल आसपास, कोटेश्वर, जडीबुटी सडकखण्डलगायत धेरै ठाउँमा धमाधम विद्युतीय तारहरूलाई भूमिगत गर्ने कार्य तीव्र रूपमा अगाडि बढाइरहेको छ ।
सोहीअनुसार काम पनि भइराखेको छ । यसले गर्दा सडकका खम्बाहरूमा तारहरू देखिँदैनन् र सहरको सौन्दर्यता कुरूप पनि देखिँदैन । तर, राजधानीका ग्रामीण भेगहरूमा भने अझै पनि विद्युतीय तारहरू खम्बामै झुन्डिरहेका छन् ।
यसको पनि चाँडै भूमिगत गर्ने कार्य अगाडि बढाइयोस् । तर, मुखले भन्नु र काम गरेर देखाउनुमा धेरै फरक छ । काम गरेर देखाउनु भनेको पनि चुनौतीपूर्ण कार्य हो ।