केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुनको मूल्य

सहयात्रा टिभी

काठमाडौं । माघ २५, आजको नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेर तोलाको ९३ हजार १०० रुपैयाँ पुगेको छ । पहेँलो धातु सोमबार प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार ६०० रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन ९२ हजार १०० रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच रुपैयाँले बढेर एक हजार २६० रुपैयाँ कायम रहेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८१९ डलर आसपास कारोबार भइरहेको छ ।

प्रकाशित : 8 February, 2022

प्रतिक्रिया दिनुहोस्