चुनावको संघारमा लोकप्रिय कार्यक्रम

सहयात्रा टिभी

काठमाडौं । माघ २६, पालिकाद्वारा नगद, ग्यास चुलो वितरण र मृतकका परिवारलाई किरिया खर्चजस्ता कार्यक्रम सञ्चालन
माघ २६, २०७८नवीन पौडेल

परासी — स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा जनप्रतिनिधिले लोकप्रिय निर्णय कार्यान्वयन गर्न थालेका छन् । यसअघि नीति तथा कार्यक्रममा समावेश गरेर पनि कार्यान्वयनतर्फ ध्यान नदिएका जनप्रतिनिधिले अहिले धमाधम काम थालेका हुन् । रामग्राम नगरपालिकाले छोरीको नाममा बैंक खाता खोलिदिने भएको छ ।

दुई वर्षअगाडि नै दुईवटा छोरीसम्म हुनेलाई नगद अनुदान दिने भने पनि कार्यविधि नबन्दा कार्यान्वयनमा आएको थिएन । अहिले कार्यविधि बनेपछि साउन १ गतेदेखि यता जन्मिने हरेक छोरीले नगद २५ हजार रुपैयाँ पाउने भएका छन् ।

‘गर्भावस्थामा नै छोरीको पहिचान गरेर गर्भपतन गर्नेको संख्या बढी छ । यसलाई रोक्न स्थानीय तहले नीतिगत रूपमा नै यो योजना ल्याएको हो । यसले छोरा–छोरीबीचको विभेद पनि अन्त्य गर्न सहयोग गर्छ ।

रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्रकुमार गुप्ताले भने, ‘छोरी र अभिभावकको नाममा संयुक्त खाता सञ्चालन गरेर बचत गर्ने र भविष्यमा बचतको रकमले अध्ययन र अन्य काममा सहयोग पुग्ने अपेक्षा हो ।

’ जिल्लाको पाल्हीनन्दन गाउँपालिकाले पनि चालु आर्थिक वर्षमा नै करिब ९ सय घरपरिवारलाई ग्यास चुलोसहित सिलिन्डर वितरण गरेको छ । गाउँपालिकामा रहेका विपन्न परिवारका लागि भन्दै वडाको सिफारिसमा धमाधम ग्यास चुलो र सिलिन्डर वितरण गरिएको हो ।

प्रकाशित : 9 February, 2022

प्रतिक्रिया दिनुहोस्