केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुनको मूल्य

सहयात्रा टिभी

काठमाडौं । माघ २६, नेपाली बजारमा बुधबार सुनको मूल्य ३ सय रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ९३ हजार ४०० रुपैयाँ निर्धारण गरिएको छ ।

छापावाल सुन मंगलबार प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार तेजाबी सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी २० ले १ हजार २८० रुपैयाँमा कारोबार भइरहेको हो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ८२७ डलर आसपास कारोबार भइरहेको छ ।

प्रकाशित : 9 February, 2022

प्रतिक्रिया दिनुहोस्