केपी ओली प्रचण्ड माधव नेपाल एमाले


लुम्बिनी जनरल इन्स्योरेन्सले घोषणा गर्यो १० प्रतिशत लाभांश

सहयात्रा टिभी

काठमाडौं । माघ २७, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले शेयरधनीहरुलाई १० प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

सञ्चालक समितिको बुधबार साँझा बसेको बैठकले आव २०७७/७८ को नाफाबाट हाल कायम चुक्ता पूँजीको ९.५२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४७ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव देवेन्द्र कोइरालाले जनाएका छन् ।

कम्पनीको हाल कायम चुक्ता पूँजी १ अर्ब १९ करोड ८८ लाख ९० हजार रुपियाँ छ । सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश बीमा समितिबाट स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुले पाउने छन् ।

 

प्रकाशित : 10 February, 2022

प्रतिक्रिया दिनुहोस्