केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुनको मूल्य

सहयात्रा टिभी

काठमाडौं । माघ २७,आजको नेपाली बजारमाछापावाल सुनको प्रतितोला रु ५०० ले बढेर रु ९३ हजार ९०० पुगेको छ ।

पहेँलो धातु बुधबार प्रतितोला रु ९३ हजार ४०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९३ हजार ४०० छ, जसको मूल्य अघिल्लो दिन रु ९२ हजार ९०० थियो ।

यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार २८० कायम रहेको महासङ्घले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८३३ डलर आसपास कारोबार भइरहेको छ ।

 

प्रकाशित : 10 February, 2022

प्रतिक्रिया दिनुहोस्