केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुनको मूल्य

सहयात्रा टिभी

काठमाडौं । माघ २८, आजको नेपाली बजारमा सुनको भाउ शुक्रबार एक सयले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको ९४ हजार रुपैयाँ कायम भएको छ । बिहीबार छापावाल सुन तोलाको ९३ हजार नौ सय रुपैयाँ कारोबार भएको थियो ।

यसैगरी, शुक्रबार तेजावी सुनको भाउ तोलाको ९३ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको मूल्य भने स्थिर छ । बिहीबार एक हजार २८० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित : 11 February, 2022

प्रतिक्रिया दिनुहोस्