केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सेयर बजार

सहयात्रा टिभी

काठमाडौं । माघ २८, यो साता सेयर बजारको परिसूचक नेप्से ७५ अंकले घटेको छ ।

गत साता २८७६ अंकमा रहेर बन्द भएको नेप्से यो साता २८०१ अंकमा कायम भएको छ । यो साता ५ दिन कारोबार हुँदा १ दिन मात्रै बजार बढ्यो । अरु ४ दिन भने घट्यो ।

साताको पहिलो दिन आइतबार परिसूचक नेप्से ४०.५७ अंकले घट्यो । सोमबार १५.६९ अंकले बढ्यो । मंगलबार १६.३०, बुधबार २२.११ र बिहीबार ११.९६ अंक घट्यो ।

कारोबार रकम पनि यो साता बढ्न सकेन । गत साता सबै दिनको कारोबार ५ अर्बभन्दा बढी थियो । यो साता आइतबार कुल ५ अर्ब ८३ करोड, सोमबार ५ अर्ब २ करोड, मंगलबार ६ अर्ब २८ करोड, बुधबार ३ अर्ब ४७ करोड र बिहीबार ३ अर्ब ८२ करोड रुपैयाँको कारोबार भयो ।

यो साता जीवन बीमा उपसमूहका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए । सो उपसमूह ४.७ प्रतिशतले घट्यो । खासगरी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको मूल्यमा भारी गिरावट आउँदा सो उपसमूह बढी प्रभावित रह्यो । यो साता अन्य उपसमूह मात्रै बढ्यो । सो उपसमूह १.४५ प्रतिशतले बढ्यो । नेपाल टेलिकमको मूल्य बढ्दा समग्र उपसमूह बढेको हो ।

 

प्रकाशित : 11 February, 2022

प्रतिक्रिया दिनुहोस्