माधव नेपालको पार्टीसँग कुनै तालमेल र एकता हुँदैनःओली

काठमाडौं । माघ २९, एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले फुटाएर अर्को पार्टी गठन गरेका माधव नेपालको पार्टीसँग चुनावी तालमेल र पार्टी एकता नहुने स्पस्ट पारेका छन् ।
शुक्रबार ‘स्थानीय तह निर्वाचन प्रशिक्षण तथा अभिमुखीकरण’ कार्यक्रमको शुभारम्भ गर्दै अध्यक्ष ओलीले एमाले फुटाएर अर्को पार्टी गठन गरेका माधव नेपालसँग कुनै तालमेल र पार्टी एकता नहुने बताएका हुन् । उनले एमाले एक्लै चुनाव लड्ने पनि बताए ।