केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एनसेलले घटायो सबै लोकल कलको महसुल दर

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन १, एनसेलका ग्राहकहरूले अब नेपालभर एउटै कलदरमा भ्वाइस सेवाको लाभ लिन सक्छन् ।

एनसेल आजियाटा लिमिटेडले आफ्नो नेटवर्कभित्र तथा नेपालका अन्य कुनै पनि दूरसञ्चार सेवाप्रदायकको नेटवर्कमा कल गर्दा लाग्ने भ्वाइस कलको महसुल दर करबाहेक रु १.९९ प्रतिमिनेटबाट घटाई करबाहेक प्रतिमिनेट रु १.६२ कायम गरेको छ ।

प्रिपेड ग्राहकहरूका लागि लागू भएको यो नयाँ महसुल दरले देशभर समान रूपमा अन्य नेटवर्कमा मेन ब्यालेन्सबाटै पे एज यू गो दरअन्तर्गत कल गर्न सकिने कम्पनीले जनाएको छ । परिमार्जित नयाँ महसुल दर २८ माघबाट लागू भइसकेको छ ।

नयाँ महसुल दरको लाभ लिन ग्राहकहरूले एस्ट्रिक्स् १७१०७ ह्यास डायल गरी सेवा निस्शुल्क सुचारु गर्न सक्छन् । नयाँ महसुल दरले ग्राहकहरूलाई मेन ब्यालेन्सबाट ढुक्कसँग अन–नेट र अफ–नेट भ्वाइस कल गर्न सजिलो र सहज बनाउने कम्पनीको भनाइ छ । यो नयाँ महसुल दर ०७९ साउन २४ गतेसम्म लागू रहनेछ ।

प्रकाशित : 13 February, 2022

प्रतिक्रिया दिनुहोस्