भारतमा बिजुली निर्यात गफैमा सीमित

काठमाडौं । फाल्गुन १, नेपाल विद्युत् प्राधिकरणले महत्वका साथ अघि सारेको नेपालमा उत्पादित बिजुली भारतमा वितरण गर्ने योजना कार्यान्वयनमा आउन नसक्नुमा नेपाली राजनीति हाबी हुनु मुख्य चुनौती रहेको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले राजनीतिक इच्छाशक्ति नभएसम्म नेपालबाट भारत बिजुली निर्यात गर्ने विषय कार्यान्वयनमा आउन नसक्ने बताउनुभएको छ ।
नेपालको बिजुली निर्यातको सम्भावना रहेको मुख्य बजार भारतमा बिजुली निर्यातका लागि पछिल्लो समयको कार्ययोजनाको बारेमा उहाँले भन्नुभयो–भारतामा बिजुली निर्यात गर्नु नेपाल विद्युत् प्राधिकरणको हातमा मात्र छैन, यो राजनीतिक विषय पनि हो ।
राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा अर्थविद् डा। स्वर्णिम वाग्लेले पनि प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको धारणाप्रति सहमति जनाउँदै, भारतमा बिजुली बिक्री गर्न राजनीतिकतहबाटै पहल आवश्यक रहेको बताउनुभयो ।