इमर्जिङ नेपालको सेयर भर्ने आज अन्तिम दिन

काठमाडौं । फाल्गुन १, जलविद्युत कम्पनी इमर्जिङ नेपाल लिमिटेडको साधारण सेयर आईपीओको लागि आवेदन दिने आज ९१ फागुन अन्तिम दिन हो ।
माघ २७ गतेदेखि यस कम्पनीको आईपीओका लागि आवेदन खुला भएको हो । आज कार्यालय समयसम्म आवेदन दिनेहरू मध्येबाट गोलाप्रभा गरी आईपीओ वितरण हुनेछ ।
१०० रूपैयाँ अंकित दरमा पाँच लाख १६ हजार ७०८ कित्ता सेयरका लागि फागुन १ गतेसम्म सर्वसाधरणले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । ११ हजार ११२ कित्ता कर्मचारीले र २७ हजार ७८० कित्ता सामूहिक लगानी कोषले पाउने छ ।
कम्तिमा १० कित्ता र अधिकतम् १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । थोरै कित्ता निष्कासन भएकाले १० कित्ता भन्दा धेरै पर्दैन । नेपाल सरकारको समेत थोरै लगानी रहेको यो कम्पनी आफैं लगानी गर्ने कम्पनी हो ।