केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अजोड इन्सुरेन्सको कहिले बस्दैछ साधारण सभा

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन २, अजोड इन्सुरेन्सले शुक्रबार फागुन ६ गते वार्षिक साधारण सभा बोलाएको छ ।

सभा, त्रिपुरेश्वरस्थित वल्ड ट्रेड सेन्टर, डीइसीसी अमन हल तेस्रो तल्लामा बिहान ११ बजे भर्चुअल माध्यमबाट सुरु हुनेछ ।

आर्थिक वर्ष २०७७–७८ को नाफा नोक्सान लगायत अन्य प्रतिवेदन पारित गर्ने प्रस्ताव पेश हुनेछ । चालु आर्थिक वर्ष २०७८–७९ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ ।

सभा प्रयोजनका लागि अजोडले माघ २४ गते बुक क्लोज गरेको छ । माघ २३ गतेसम्म कायम सेयरधनी सभामा भाग लिन सक्नेछन् । लाभांश वितरण प्रस्ताव भने रहेको छैन । यस आधारमा सेयरधनीको हात खाली हुनेछ ।

प्रकाशित : 14 February, 2022

प्रतिक्रिया दिनुहोस्