केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुनको मूल्य बढ्यो

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन २, आजको नेपाली सुनचाँदी बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रूपैयाँ तोकिएको छ। यसको मूल्य बिहीवार प्रतितोला ९३ हजार ९०० रूपैयाँ थियो।

यस्तै‚ आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रूपैयाँ तोकिएको छ। जसको मूल्य बिहीबार प्रतितोला ९३ हजार ४०० रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै‚ आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार २८० रूपैयाँ तोकिएको महासंघले जनाएको छ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८२४ डलर आसपास कारोबार भइरहेको छ।

 

प्रकाशित : 14 February, 2022

प्रतिक्रिया दिनुहोस्