केपी ओली प्रचण्ड माधव नेपाल एमाले


शेयर बजार स्थिर रहँदा तीन अर्ब ६८ करोडको कारोबार

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन २, शेयर बजार आज स्थिर रहेको छ ।

साताको पहिलो दिन हिजो एकैदिन १०० अंकले घटेको बजार आज भने ०.८ अंकले बजार बढ्दा नेप्से परिसूचक २७००.९८ अंकमा उक्लिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेडनेप्सेका अनुसार आज २२७ कम्पनीको ७५ लाख ४९ हजार ७ सय ७९ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ६८ करोड ४० लाख ९ हजार ९ सय १५ रुपियाँ बराबरको कारोबार भएको हो ।

बजार स्थिर रहेको दिन आज बैंकिङ, ट्रेडिङ, निर्जीवन बीमा, उत्पादनमूलक र म्युचुअल फण्ड घटे पनि बाँकी समूहमा भने हरियाली छाएको छ ।

 

प्रकाशित : 14 February, 2022

प्रतिक्रिया दिनुहोस्