केपी ओली प्रचण्ड माधव नेपाल एमाले


निर्यातमा नगद अनुदानको पहल सकारात्मक

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन ४, सरकारले नीतिगत रूपमा सहयोग गर्ने तथा उद्योगी–व्यवसायीले पनि आफ्नो लागत घटाई उत्पादन बढाउन पहल गर्नु नै आजको आवश्यकता हो ।

 

नेपालको निर्यात नबढ्नु तथा आयातमुखी अर्थतन्त्र बन्नुमा सरकारको नीतिका साथै उद्योगी–व्यवसायीले आफ्नो उत्पादनको लागत मूल्य घटाउन नसक्नु हो ।

एकातिर उत्पादन लागत बढी भई महँगो पर्ने, अर्कातिर गुणस्तरमा पनि प्रतिस्पर्धा गर्न नसकेपछि नेपाली वस्तु घरेलु बजारमा पनि बिस्तारै विस्थापित भएका छन् ।

त्यसैले सरकारले नीतिगत रूपमा सहयोग गर्ने तथा उद्योगी–व्यवसायीले पनि आफ्नो लागत घटाई उत्पादन बढाउन पहल गर्नु नै आजको आवश्यकता हो । निर्यातलाई प्रवद्र्धन गर्न आर्थिक वर्ष २०६६/०६७ बाट निर्यातमा नगद अनुदान सुरु भएको भए तापनि यसले निर्यातमा कत्तिको योगदान गरेको छ, त्यसको समय–समयमा अनुगमन तथा विवेचना गर्न आवश्यक छ ।

प्रकाशित : 16 February, 2022

प्रतिक्रिया दिनुहोस्