केपी ओली प्रचण्ड माधव नेपाल एमाले


इमर्जिङ नेपालको आईपीओ आज बाँडफाँट हुने

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन ४, इमर्जिङ नेपालको आईपीओ आज बाँडफाँट हुने भएको छ।

बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलका अनुसार कार्निभल रेष्ट्रो, अनामनगर काठमाडौंमा दिउँसो साढे ३ बजे आईपीओ बाँडफाँट गर्ने कार्यक्रम तय भएको छ। यसको प्री–अलोटमेन्ट मंगलबार फागुन ३ गते नै सम्पन्न भइसकेको छ।

यो आईपीओमा २४ लाख १५ हजार ९१९ जना आवेदकले २ करोड ७८ लाख ६९ हजार १९० कित्ताका लागि आवेदन दिएका छन्।

सर्वसाधारणबाट माग भन्दा ५४ गुणा बढी आवेदन हो। यसर्थ, सेयर पाउन भाग्यकै भर पर्नुपर्नेछ। कम्पनीले माघ २६ गतेबाट फागुन १ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँको दरमा ५ लाख ५५ हजार ६०० कित्ता आईपीओ निष्कासन गरेको थियो।

प्रकाशित : 16 February, 2022

प्रतिक्रिया दिनुहोस्