एमसीसीबारे सत्ता गठबन्धनले आज ‘निर्णायक’ छलफल गर्ने

काठमाडौं । फाल्गुन ५, अमेरिकी सहयोग परियोजना एमसीसीबारे आज सत्ता गठबन्धनका नेताहरूबीच निर्णायक वार्ता हुने भएको छ।
सत्ता गठबन्धनमा रहेका पाँच दलका शीर्ष नेताहरूबीच एमसीसीका विषयमा छलफल हुन लागेको हो।
आजको बैठकले संसद्मा एमसीसी अघि बढ्नेरनबढ्ने वा कसरी अघि बढाउने भन्ने विषयमा टुंगो लगाउने बताइएको छ। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजे बस्ने छ।
बुधबार प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफलपछि गठबन्धनको बैठक तय भएको हो।
एमसीसी जसरी पनि टेबल गरेर पास गर्नुपर्ने तयारीमा रहेका प्रधानमन्त्री देउवा गठबन्धनकै नेताहरूको असहयोगका कारण समस्यामा छन्।
प्रतिनिधि सभाको हिजो दिउँसो १ बजेको बैठकमा एमसीसी टेबल गर्ने सरकारको तयारी थियो। त्ताघटक नेकपा माओवादी केन्द्रको बुधबार बिहानको संसदीय दलको बैठकले यथास्थितिमा एमसीसी टेबुल गरिए गठबन्धन तोडिने र सरकारबाट बाहिरिने निर्णय गरेको थियो। त्यसपछि काठमाडौं प्रधानमन्त्री देउवा र प्रचण्डबीच भएको भेटवार्ताले आजका लागि गठबन्धनका नेताहरूबीचको बैठक तय गरेको हो।
बुधबारको संसद् बैठकपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले शुक्रबार भोलिको संसद् बैठकमा एमसीसी टेबल गर्ने बताएका छन्।