केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सहकारीले ५१ प्रतिशत कर्जा उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्ने

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन ५, तीनरतीन महिनाको अन्तरमा सन्दर्भ ब्याजदरभन्दा बढी नहुने गरी बचत तथा ऋणको ब्याजदर परिमार्जन गर्नुपर्ने


सहकारी संघसंस्थाले आफूले प्रवाह गरेको कुल कर्जाको कम्तीमा ५१ प्रतिशत उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने भएको छ । घरजग्गालगायत अनुत्पादक क्षेत्रमा सहकारीले ठूलो कर्जा प्रवाह गरेको आरोप लागिरहेका बेला एकीकृत निर्देशन जारी गर्दै सहकारी विभागले यस्तो निर्देशन दिएको हो ।

सहकारी संघसंस्थाले प्रवाह गरेको कुल ऋणको कम्तीमा ५१ प्रतिशत उत्पादन तथा आयमूलक व्यवसायमा लगानी गर्नुपर्नेछ,’ निर्देशनमा भनिएको छ, ‘यहाँ उत्पादन केन्द्रित क्षेत्र भन्नाले कृषि तथा वन पैदावार, पर्यटन, जलस्रोत, शिक्षा, स्वास्थ्य, सञ्चार, श्रम, सीप आदिमा आधारित व्यवसायलाई जनाउनेछ ।’ तीनरतीन महिनाको अन्तरमा सन्दर्भ ब्याजदरभन्दा बढी नहुने गरी बचत तथा ऋणको ब्याजदर परिमार्जन गर्नुपर्ने प्रावधान पनि निर्देशनमा छ ।

बचत तथा ऋणको ब्याजअन्तर स्प्रेड बढीमा ६ प्रतिशत कायम गर्न र ऋणको पुनर्तालिकीकरण तथा पुनःसंरचना यथासम्भव नगर्न पनि विभागले भनेको छ ।

अब सहकारी संघसंस्थाले अधिकतम ५ प्रतिशतसम्म मात्र खराब कर्जा कायम गर्न पाउनेछन् । त्योभन्दा बढी खराब कर्जा रहने संस्थाले लाभांश वितरण गर्न नपाउने र वितरण गरेको खण्डमा दामासाहीमा सञ्चालक समितिबाट असुलउपर गरी जगेडा कोषमा स्थानान्तरण गर्नुपर्ने निर्देशन विभागले जारी गरेको छ ।

‘सहकारी संस्था तथा प्रारम्भिक संस्थाले तोकिएबमोजिम असल ऋणमा एक प्रतिशत, एक वर्षसम्म भाका नाघेको ऋणमा ३५ प्रतिशत र एक वर्षभन्दा बढी समय भाका नाघेको ऋणीको हकमा शतप्रतिशत खराब कर्जाबापतको व्यवस्था गर्नुपर्नेछ,’ निर्देशनमा भनिएको छ ।

यसअघि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ नेफस्कुन मा आबद्ध सहकारी संस्थाहरूमा मात्र ‘पल्स’ प्रणाली लागू भएका सहकारीहरूले मात्र असुली नभएको कर्जाबापत ‘प्रोभिजनिङ’ गर्नुपर्ने व्यवस्था गरेका थिए । अहिले उक्त व्यवस्थालाई सहकारी विभागले नियामकीय ढाँचामा समावेश गरेर निर्देशन दिएको हो ।

प्रकाशित : 17 February, 2022

प्रतिक्रिया दिनुहोस्