केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भारतबाट तेलको मूल्य बढेर आयो

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन ५, भारतीय आयल कर्पोरेसन आईओसीले नेपाल आयल निगमलाई तेलको मूल्य बढाएर पठाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै पेट्रोलियम पदार्थको मूल्य बढाउन आयल निगमलाई थप दवाव परेको छ ।

निगमका अनुसार भारतबाट पछिल्लो समय पेट्रोल प्रतिलिटर ५ रुपैयाँ ६१ पैसा, डिजेल ५ रुपैयाँ ६२ पैसा र हवाई इन्धन ४ रुपैयाँ ९५ पैसाले बढेर आएको छ ।यो मूल्यअनुसार अब निगमलाई पाक्षिक अर्थात १५ दिनको घाटा रकम २ अर्ब ४१ करोड हुनेछ ।

यहीं मूल्य कायम रहँदा मासिक घाटा ४ अर्ब ८२ करोड पुग्छ । हाल पेट्रोलमा प्रतिलिटर १९ रुपैयाँ ५ पैसा, डिजेलमा १५ रुपैयाँ ४८ पैसा र एलपी ग्यासमा प्रतिसिलिन्डर ५६० रुपैयाँ नोक्सान रहेको निगमले जनाएको छ । मट्टितेल र हवाई इन्धनमा भने नाफा छ ।

 

 

प्रकाशित : 17 February, 2022

प्रतिक्रिया दिनुहोस्