आधा दर्जन कलाकारसँग प्रचण्डको भेट

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन ५, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गायक तथा कलाकारसँग भेटघाट गरेका छन् ।

उनको सचिवालयका अनुसार प्रचण्डले आज गायक राजेश पायल राई, कलाकार सन्दीप क्षेत्री, चेतन सापकोटा, रीता सिवाकोटी, करिश्मा ढकाल, गायिका कल्पना दाहालसँग घेटघाट गरेका हुन् ।
उनले सबै कलाकारसँग अलग(अलग भेट गरेका थिए । भेटमा कलाकारहरूले प्रचण्डसँग खुलेर आफ्नो कुरा राखेका थिए ।

आज अध्यक्ष कमरेड प्रचण्डले गायक राजेश पायल राई, कलाकार सन्दीप क्षेत्री, चेतन सापकोटा, रीता सिवाकोटी, करिश्मा ढकाल, गायिका कल्पना दाहालसँग अलग(अलग भेटघाट गर्नुभयो । प्रचण्डसँग सबै कलाकर्मीहरूले खुलेर आफ्नो कुरा राख्नुभयो,’ प्रचण्ड स्वकीय सचिव गंगा दाहालले फेसबुकमा लेखेकी छन् ।

 

प्रकाशित : 17 February, 2022

प्रतिक्रिया दिनुहोस्