केपी ओली प्रचण्ड माधव नेपाल एमाले


क्यासिनोबाट उठ्यो ७५ करोड रोयल्टी

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन ५, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चालू आर्थिक वर्षको हालसम्म क्यासिनो रोयल्टी शीर्षकमा ७५ करोड ४५ लाख रुपैयाँ दाखिला भएको जनाएको छ ।

मंगलबार मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘चालू आर्थिक वर्षमा हालसम्म १४ करोड २० लाख रुपैयाँ बैंक जमानत पनि प्राप्त भएको छ ।’
आर्थिक वर्ष २०७६(०७७ सम्म विभिन्न क्यासिनो सञ्चालक कम्पनीहरुले ८४ करोड ८४ लाख रुपैयाँ रोयल्टी शीर्षकमा राजस्व बुझाउन बाँकी रहेको र कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालयमा जम्मा रकम करिब १ अर्ब ९० करोड ९९ लाख लगत कसिएको सन्दर्भमा यसरी राजस्व दाखिला नगरी बाँकी बक्यौता रहेको मन्त्रालयले बताएको छ ।

केही क्यासिनो सञ्चालक कम्पनीहरुलाई नेपाल सरकार मन्त्रीस्तरीय निर्णयअनुसार कारवाहीको प्रक्रिया अगाडि बढाएपछि त्यस्ता कम्पनीका सञ्चालकहरु बाँकी वक्यौताका सम्बन्धमा पर्यटन मन्त्रालय र पर्यटन विभागमा सम्पर्क गर्ने क्रम बढेको मन्त्रालयको भनाइ छ। गत सोमबारमात्र सेन्ट्रल मिडिया प्रालिले ४ करोड रुपैयाँ जम्मा गरेको बैंक भौचर प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

कानुनअनुसार तिर्नुपर्ने रोयल्टी नबुझाउने क्यासिनो सञ्चालक कम्पनीहरुलाई बाँकी वक्यौता तिर्न ताकेता गर्ने र आवश्यकताअनुसार कारवाही गर्ने क्रम जारी रहेको मन्त्रालयले बताएको छ ।

प्रकाशित : 17 February, 2022

प्रतिक्रिया दिनुहोस्