करण बने ‘बिग बोस’को सर्वाधिक महँगा प्रतियोगी

काठमाडौं । फाल्गुन ७, भारतीय चर्चित रियालिटी शो ‘बिग बोस’को १५औं संस्करणका प्रतियोगी करण कुन्द्राले ‘बिग बोस’मा सर्वाधिक पारिश्रमिक लिने प्रतियोगिका रुपमा नाम दर्ता गराएका छन् ।
उनले यो शोमा सहभागिता जनाएबापत ४/५ करोड रुपैयाँ पारिश्रमिक बुझेका छन् । करणको भारतमा राम्रो फ्यान फलोइङ छ । उनको लोकप्रियतालाई मध्येनजर गर्दै शोका निर्माताले पारिश्रमिक बापत ४।५ करोडको चेक दिएका छन् ।
करणको ‘बिग बोस १५’ को यात्रा निकै स्मरणीय रह्यो । यद्यपि, उनले ट्रफी भने उचाल्न पाएनन् । उनी शोमा सेकेण्ड रनरअप बनेका थिए । शोमा तेजस्वी प्रकाशले शीर्ष उपाधि पोल्टामा पारेकी थिइन् । यही शोको समयमा करण र तेजस्वीको प्रेम चर्चा चलेका थियो । दुवैबीच कैयौं पटक टकराव देखिए पनि पुनः उनीहरु मिल्ने गरेका थिए ।
बिग बोस’को घरबाट बाहिर आउनासाथ करणले सबैभन्दा पहिला तेजस्वीको विजयोत्सव मनाएका थिए । उनले तेजस्वीको कोठा सजाएर तेजस्वीलाई ‘सरप्राइज’ दिएका थिए । अहिले उनीहरु प्रायः सँगै देखिन्छन् ।