प्रकाशमानलाई भेट्न चाक्सीबारी पुगे प्रधानमन्त्री देउवा

काठमाडौं । फाल्गुन ७, प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस नेता प्रकाशमान सिंहलाई भेटेका छन् ।
सिंहको कान्छो छोरा भाष्करमानको बिहे हुन लागेकाले देउवा बिहान चाक्सीबारी पुगेका हुन्।
सिंहका सहयोगी युपी लामिछानेका अनुसार देउवा बधाई दिएर फर्किएका छन् ।
गृहमन्त्री बालकृष्ण खाँण, पूर्वउपसभापति विमलेन्द्र निधि, प्रवक्ता प्रकाशशरण महत, नेता शशांक कोइराला लगायत नेता चाक्सीबारी पुगेका छन् ।