गठबन्धन बैठकअघि प्रचण्ड नेपालबीच खुमलटारमा छलफल

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन ६,बालुवाटारमा सत्ता गठबन्धनको बैठकअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डु र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले छलफल गरेका छन् ।

 

खुमलटारस्थित प्रचण्ड निवासमा उनीहरुले छलफल गरेका हुन् । छलफलमा एकीकृत समाजवादीका नेता झलनाथ खनाल र माओवादी नेता एवं अर्थमन्त्री जनार्दन शर्मा पनि सहभागी थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहायता परियोजना एमसीसी अघि बढाउन दबाब दिएपछि समान धारणा बनाउन दुई दलबीच छलफल भएको हो ।

प्रकाशित : 18 February, 2022

प्रतिक्रिया दिनुहोस्