मन्त्री झाँक्री भन्छिन्ःएमसीसीबारे प्रधान मन्त्रीको भन्दा फरक धारणा छैन

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन ८,  शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एमसीसीबारे आफूसँग प्रधान मन्त्रीको भन्दा फरक धारणा नभएको बताएकी छन् ।

संसद्‌ भवनबाहिर पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री झाँक्रीले यस्तो बताएकी हुन् । ‘म मन्त्रिपरिषद्को सदस्य भएको कारणले अहिले मैले प्रधान मन्त्रीले राखेको धारणाभन्दा फरक भएर धारणा राख्न उपयुक्त पनि हुँदैन, जतिबेलासम्म म यो मन्त्रिपरिषद्को सदस्य हुन्छु,’ मन्त्री झाँक्रीले भनेकी छन् ।

एकीकृत समाजवादीको तर्फबाट मन्त्री बनेकी झाँक्रीले पार्टीको फरक धारणा भएपनि आफू त्यही मन्त्रिपरिषद्को सदस्य हुँदासम्म फरक धारणा नराख्ने बताइन् । एमसीसी नेपालका राजनीतिक दलहरूलाई भाँड्न ल्याइएको औंल्याउँदै मन्त्री झाँक्रीले थपिन्— ‘सरकारको आफ्नै धारणा छ, पार्टीको आफ्नै धारणा छ ।’

एकीकृत समाजवादीले एमसीसी यथास्थितिमा अघि बढ्न नहुने धारणा राख्छ भने प्रधान मन्त्री शेरबहादुर देउवा भने चाँडै संसद्‌मा टेबुल हुनुपर्ने र प्रक्रिय अगाडी बढ्नुपर्ने अडान राख्छन् ।

प्रकाशित : 20 February, 2022

प्रतिक्रिया दिनुहोस्