केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुनको मूल्य

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन ११, आजको नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९७ हजार रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बुधबार प्रतितोला ९६ हजार ५०० रुपैयाँ कायम भएको छ। यस्तै तेजावी सुनको मूल्य ९६ हजार रुपैयाँ कायम भएको छ।

त्यस्तै, चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ३२० रुपैयाँ कायम भएको छ। मंगलबार चाँदीको मूल्य प्रतितोला १ हजार ३१५ रुपैयाँ कायम भएको थियो।

प्रकाशित : 23 February, 2022

प्रतिक्रिया दिनुहोस्