तापसीका ४ फिल्म रिलिजको तयारीमा

काठमाडौं । फाल्गुन १३, बलिउड अभिनेत्री तापसी पन्नुका चार फिल्म प्रदर्शनको तयारीमा छन् ।
पन्नुका ‘शाबास मिठु’, ‘ब्लर’, ‘दोबारा’ र ‘वो लडकी है कहाँ’ फिल्म रिलिज हुने तयारीमा छन् ।
यससँगै उनले १२ वटा ब्राण्डको पनि विज्ञापन गर्नेछिन् । यसबारे कुरा गर्दै तापसीले भनिन्, ‘म सधैं आफूले प्रयोग गर्ने ब्रान्डको विज्ञापन गर्न चाहन्छु । मैले आफ्नो लागि साइन गरेका सबै ब्रान्डहरू प्रयोग गरेको छु ।’