‘फेसबुक अब अदालत भयोःदीपक राज गिरी

काठमाडौं । फाल्गुन १४, कलाकार, निर्माता तथा निर्देशक दिपक राज गिरीले सामाजिक सञ्जालमा हुने गरेको छलफल, विचारलाई व्यंग्य गरेका छन्।
उनले विशेषगरी सामाजिक सञ्जाल ‘फेसबुक अब फेसबुक नरही ‘अदालत’ भएको बताएका छन्। उनले लेखेका छन्, ‘फेसबुक आजकल फेसबुक रहेन । अदालत भयो १ वकिल यहि छन् ,न्यायमूर्ति यस्मै छन्। आफै मुद्दा चलाउछन् , आफै निर्णय गर्छन् ‘शुभप्रभात श्रीमानहरू१’
उनले भने, पछिल्लो समय सार्वजनिक भएको ‘पलशाह विरुद्ध जबरजस्ती करणीको उजुरी’ लाई लक्षित गरेका हुन्। पलविरुद्धको उजुरीको खबर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा को ठीक र को बेठिक भन्ने विषयमा ठूलो बहस भईरहेको छ।