केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुनको मूल्य

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन १३, आजको नेपाली बजारमा सुनको मूल्य तोलमा एक हजार रुपियाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलाको ९८ हजार रुपियाँ कायम भएको छ। बिहीबार छापावाला सुन तोलामा ९९ हजार रुपियाँमा कारोबार भएको थियो।

आज तेजावी सुनको भाउ तोलाको ९७ हजार पाँच सय रुपियाँ निर्धारण भएको छ।

यस्तै चाँदीको मूल्य पनि तोलामा २० रुपियाँको दरले घटेको छ। बिहीबार एक हजार तीन सय ५५ रुपियाँमा कारोबार भएको चाँदी शुक्रबार एक हजार तीन सय ३५ रुपियाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित : 25 February, 2022

प्रतिक्रिया दिनुहोस्