एमसीसी विरोधीले काठमाडौँमा गरे दूधको गाडी र बसमा तोडफोड

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन १६, एमसीसी सम्झौता संसद्‍बाट अनुमोदन भएको विरोधमा गरिएको बन्दका क्रममा दूधको गाडी र बसमा तोडफोड गरिएको छ । एमसीसीको विरोधमा ६ वटा कम्युनिस्ट संगठन र दुईवटा मोर्चाले आज बन्दको आह्वान गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता ९एसपी० दिनेशराज मैनालीकाअनुसार बन्दकर्ताले सुकेधारामा दूधको गाडी तोडफोड गरेका छन् भने चाबहिल र कलङ्कीमा ३ वटा बसमा तोडफोड भएको छ । बिहानै बन्द गराउन हिँडेका ६ जनालाई प्रहरीले पक्राउ गरेको उनले बताए ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन विक्रम सिंह नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मसाल र मोहन वैद्य ‘किरण’ नेकपा क्रान्तिकारी माओवादी लगायतले बन्दको आह्वान गरेका हुन् ।

प्रकाशित : 28 February, 2022

प्रतिक्रिया दिनुहोस्