बार्सिलोनाको शानदार जित

काठमाडौं । फाल्गुन १६, स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोनाले शानदार जित दर्ता गरेको छ ।
घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले एथ्लेटिको बिल्बाओमाथि ४–० को जित निकालेको हो ।
बार्सिलोनाका लागि पिएर–एमरिकले ३७ औँ, डेम्बेलेले ७३ औँ, डी जोङले ९० औँ तथा मेम्फिस डिपेले इन्जुरी समयको तेस्रो अर्थात ९३ औँ मिनेटमा गोल गरेका हुन् ।
जितपछि २५ खेलबाट ४५ अंक जोडेको बार्सिलोना चौथो स्थानमा उक्लिएको छ ।
आइतबार राति भएको अर्को खेलमा दोस्रो स्थानको सेभिल्लाले रियल बेटिसमाथि २–१ को जित निकाल्यो ।
यस्तै अरु खेलमा भिल्लारियलले स्पानियोललाई ५–१ तथा रियल सोसिडाडले ओसासुनालाई १–० ले पराजित गरेका छन् ।