केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मुद्दति निक्षेपमा २५ करोड लगानी गर्दै केन्द्रीय बैंक

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन १६, केन्द्रीय बैंकले मुद्दति निक्षेपमा २५ करोड रुपैयाँ लगानी गर्ने भएको छ । राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको रकम बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्न लागिएको जानकारी दिएको छ ।

केन्द्रीय बैंकले २०७८ चैत १ गतेदेखि २०७९ फागुन ३० गतेसम्म मुद्दति निक्षेपमा लगानी गर्न लागेको हो । यसबाट बैंक तथा वित्तीय संस्थामा तरलता सहज पार्न सजिलो हुनेछ ।

मुद्दति निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले फागुन १८ गते साँझ ५ बजेसम्म आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाए पेश गर्नुपर्नेछ । राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा २० रुपैयाँ, ‘ख’ वर्गको विकास बैंकमा ३ करोड ७५ लाख रुपैयाँ ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा १ करोड २५ लाख रुपैयाँ लगानी गर्न लागेको हो ।

आवेदन दिनका लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको २ वर्ष हुनुपर्ने, निष्कृर्य कर्जा कुल कर्जा सापटको ५५ भन्दा कम भएको हुनुपर्नेछ । यसैगरी, रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमा भन्दा बढी नभएको हुनुपर्ने लगायतका नियम केन्द्रीय बैंकले तोकेको छ

प्रकाशित : 28 February, 2022

प्रतिक्रिया दिनुहोस्