केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुनको मूल्य

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन १६, आजको नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला १ हजार ६०० रुपैयाँले बढेर ९८ हजार २०० रुपैयाँ पुगेको छ ।

पहेंलो धातु अघिल्लो दिन प्रतितोला ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियोे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार सोमवार तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ७०० रुपैयाँ तोकिएको छ । जसको मूल्य आइतवार प्रतितोला ९६ हजार १०० थियो ।

सोमवार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ४५ रुपैयाँले बढेर १ हजार ३४० पुगेको महासंघले जनाएको छ ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने उतारचढावका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा सोमवार सुन प्रतिऔंस १ हजार ९०७ डलर आसपास कारोबार भइरहेको छ ।

प्रकाशित : 28 February, 2022

प्रतिक्रिया दिनुहोस्