केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सेयर बजार

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन १६, आज सोमबार पनि सेयर बजारको ओरालो यात्रामा निरन्तरता देखिएको छ ।

सोमबार बजार झण्डै अर्थसतकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक ४३.१० अंकले घटेर २६१०.६० विन्दुमा झरेको छ । नेप्से १.६२ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ६.६४ अंकले घटेर ५००.२१ विन्दुमा झरेको छ ।

कूल २२७ वटा कम्पनीको ७८ लाख ३४ हजार ९ सय १५ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ६६ करोड एक लाख ८९ हजार ८ सय ६८ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

प्रकाशित : 28 February, 2022

प्रतिक्रिया दिनुहोस्