एमसिसी अनुमोदन भएको विरोधमा महोत्तरीका विद्यार्थीले गरे आन्दोलन

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन १७,अमेरिकी सहयोग परियोजना एमसिसी अनुमोदन भएको विरोधमा महोत्तरीमा विद्यार्थीहरू आन्दोलनमा उत्रेका छन् ।

संसदबाट अनुमोदित एमसिसी राष्ट्रघाती भएको भन्दै विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर विद्यार्थीहरू आन्दोलनमा उत्रेका हुन् ।

वामघटक दलहरूले एमसिसीको विरोधमा आह्वान गरेको नेपाल बन्दको पनि आंशिक प्रभाव महोत्तरीमा परेको छ ।

प्रकाशित : 1 March, 2022

प्रतिक्रिया दिनुहोस्