गृहमन्त्रीले गरे पशुपतिनाथमा पूजा

काठमाडौं, फागुन १७, महाशिवरात्रिका अवसरमा गृहमन्त्री बालकृष्ण खाणले पशुपतिनाथ मन्दिरमा पूजा आराधना एवं दर्शन गरेका छन्।
पूजा आराधना एवं दर्शनका लागि गृहमन्त्री खाण बिहान पशुपतिनाथ गएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।पूजा आराधनापछि उनले पशुपति क्षेत्रको सुरक्षा अवस्थाका बारेमा पनि जानकारी लिएका थिए। महाशिवरात्रिका अवसरमा बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ।
बिहान ३ बजेदेखि पशुपतिनाथ मन्दिरमा भक्तजन आएका थिए।
तीन बजेदेखि नै पशुपतिनाथका चारै ढोका भक्तजनका लागि खुला गरिएको थियो। आज रातिसम्म दर्शन गर्न चाहने भक्तजनका लागि पशुपतिनाथ मन्दिर खुला गरिने कोषले जनाएको छ।