फरार हत्यारा छोप्दै जेल कोच्दै बाजुरा प्रहरी

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन २०, जिल्ला प्रहरी कार्यालय बाजुरा पछिल्लो समयमा हत्या अभियुक्त समात्न सफल हुँदै आएको छ । डीएसपी चतुर्भुज ओझा जिल्ला प्रहरी कार्यालय बाजुरामा प्रमुख भएर आएसँगै हत्या गरी फरार भएका हत्यारा समाउन प्रहरी सक्रिय भएको हो ।

एक साताभित्र बाजुराका साविकको कैलाशमाण्डौं गाविस कालापानीका भरत गिरीलाई भारतको अल्मोडबाट समातेर ल्याएको थियो । त्यसै गरी, खप्तड क्षेडेदह गाउँपालिका दुुई जयवागेश्वरीका हत्या अभियुक्त ६८ वर्षीय मीनबहादुर सिंहलाई ३१ वर्षपछि पक्राउ गरेको छ । कैलाली प्रहरीको सहयोगमा उनलाई धनगढीबाट समातिएको प्रहरीले बताएको छ । अभियुक्त सिंहलाई जिल्ला प्रहरी कार्यालय बाजुराले बुधबार पत्रकार सम्मेलन गरी जेल चलान गरेको थियो ।

२०४८ साल असोज ६ गते भैंसीले कोदोबाली खाएको विषयलाई लिएर गाउँमा विवाद हुँदा सोही वडाका शंकर धामीको हत्या गरी सिंह ३१ वर्षदेखि फरार रहेका थिए । ३१ वर्षदेखि फरार रहेका सिंहलाई पक्राउपछि जिल्ला प्रहरी कार्याल बाजुराले प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको थियो । सिंहलाई ३१ वर्षपछि लुकीछिपी बसेको अवस्थामा कैलाली प्रहरीको सहयोगमा धनगढीको सन्तोषी टोलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक चर्तुभुज ओझाले बताउनुभयो ।

प्रकाशित : 4 March, 2022

प्रतिक्रिया दिनुहोस्