रुसको आक्रमणपछि १० लाख शरणार्थीले युक्रेन छाडे

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन १९, युक्रेनमा रुसको सैन्य कारबाही सुरु भएयता करिब १० लाख शरणार्थीले युक्रेन छाडेका छन् । दुई देशबीच तनाब सुरु भएको सात दिनभित्र करिब १० लाख शरणार्थीले युक्रेन छाडेको संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चआयोग यूएनएचसीआर०ले बिहीबार जनाएको छ ।

आफ्नो ट्विटर ह्यान्डलमा यूएनएचसीआर उच्चआयुक्त फिलिपो ग्रान्डीले लेखेका छन्‚ ‘केवल सात दिनमा हामीले युक्रेनबाट छिमेकी देशहरूमा १० लाख शरणार्थीहरू पलायन भएको देख्यौं ।’रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको डोनबास क्षेत्रमा सैन्य कारबाही गर्न आदेश दिएसँगै युक्रेन छाड्नेहरूको संख्यामा वृद्धि आएको हो ।

प्रकाशित : 3 March, 2022

प्रतिक्रिया दिनुहोस्